इटहरी : धनकुटाको सहिदभूमि गाँउपालिका ४ हिले–छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागूऔषध गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डालाभित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको थियो ।
गाडीबाट लागूऔषध गाँजा बरामद भएपश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा फागुन ३ गते सुनसरीको इटहरी २ स्थितमा लुकिछिपी बसेको अवस्थामा चालक सहिदभूमी गाँउपालिका ४ का ३१ वर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।












Discussion about this post