इटहरी : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेशनल रोड सेफ्टी काउन्सिल नेपाल’ को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेने बल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश १ का प्रदेश सभा सदस्यहरू, पालिकाका प्रतिनिधिहरू, इन्जिनियरिङ्ग, मेडिकल तथा यातायात क्षेत्रका प्रतिनिधिहरू, पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका १३० बढीको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागि विभिन्न कार्यपत्रहरूमा छलफल भएको थियो ।
प्रतिनिधिसभा सदस्य तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक योगेश भट्टराईले नीति, राजनीति र वर्तमान सरकारले गर्नुपर्ने कार्यबारे प्रष्ट्याएका थिए ।
प्रदेश १ की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा चापागाईँले प्रदेश सरकारले सडक र यातायातको क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गरिन् ।












Discussion about this post