इटहरी : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका ५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे ६ प ६२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड ५ का २९ वर्षीय सुरज कुंवर र ३४ वर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका ४ का ३५ वर्षीय पूर्णबिक्रम लिम्बूलाई १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ र १६ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा दईजनालाई पक्राउ गरेको छ ।
को ३१ प ६६५३ नम्बरको मोटरसाइकलमा सवार ट्याम्केमयुम २ भोजपुरका ३४ वर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउनसुगर र प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार धरान ५ का २९ वर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post