इटहरी : इटहरीमा लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ६ मा कोठाभाडा गरी बस्ने झापाको कन्काई नगरपालिका वडा नं. ३ घर भएका राजीव अधिकारीको कोठाबाट लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा तीनजनालाई पक्राउ गरेको हो ।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, इटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधको कारोबारमा संलग्न अधिकारी, निजकी श्रीमती प्रमिला घिमिरे र भारतको बिहार राज्य सुपौल जिल्ला भीमनगर ग्राम पञ्चायत वडा नं.१२ बीरपुर वस्ने विनोद कुमार गुप्तालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट लागूऔषध खैरोहिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३३ ग्राम ७९० मिलिग्राम, सामसुङ कम्पनीका विभिन्न रंगका स्क्रिन टच मोबाइल ७ थान, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल २ थान, ईनफिनिक्स कम्पनीको स्क्रिन टच मोबाइल १ थान, एकल लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि लागूऔषध सम्बन्धि कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post