धरान : इटहरीका पत्रकार हिमाल दाहाललाई ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।
सेछ ट्राभलिङ धरानले पत्रकार दाहाललाई पर्यटन क्षेत्रको विकासका लागि पत्रकारितामार्फत योगदान दिएको १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीसँगै सेछका सञ्चालक बासुदेव बराल र सेछ ट्राभलिङकी प्रोप्राइटर एलिना थापामगरले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सेछ ट्राभलिङ धरानले वर्षेनी एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष बासुदेव बरालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालको पर्यटन अझै पनि परम्परागत तरिकाले अघि बढिरहेको र यसमा धेरै सुधारको कामहरू गर्न आवश्यक रहेको बताएका थिए ।
Discussion about this post