इटहरी : इटहरीमा लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार इटहरी २ स्थित राजदेवी मन्दिर नजिकै शंकास्पद अवस्थामा रहेको भन्ने सूचना पाएसँगै खटिएको प्रहरी टोलीले एकजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी २ बस्ने सुनील मगर रहेका छन् । उनले लुकाइछिपाइ राखेको लेवल नभएको सेतो सिसामा तरल पदार्थले भरिएको ४ एम्पुल, लेवल नभएको गाढा खैरो रंगको सिसामा तरल पदार्थले भरिएको ४ एम्पुल, लेवल नभएको फिक्का खैरो रंगको सिसामा घाटिको भागमा हरियो चिह्न भएको तरल पदार्थले भरिएको एम्पुल ४ एम्पुल, लेवल नभएको फिक्का हरियो रंगको सिसाको घाटिमा सेतो घेरा भएको ४ एम्पुल बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post