झापा : झापाको मेचीनगर नगरपालिका ६ मेचीपुल बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईलाम नगरपालिका १२ का २४ वर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।












Discussion about this post