इटहरी : आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ।
‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित महिला श्रमिक दिवस मनाईंदैछ ।
संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउदै छन् ।
यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् ।
त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
Discussion about this post