इटहरी : झापा, मोरङ र सुनसरीका छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नियन्त्रित औषधिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १–०१–०१३ प १९७३ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेकी चुलाचुली गाउँपालिका १ इलामकी ३४ वर्षीया मन्जु चापागाईको साथबाट १६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले खोटाङको बाक्सिला घर भइ धरान उपमहानगरपालिका १५ स्थितमा डेरा गरी बस्दै आएका ४० वर्षीय जीवन राई र धरान १५ का २६ वर्षीय रुकमान मगरलाई १ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यस्तै, मोरङको कानेपोखरी गाउँपालिका ४ का १९ वर्षीय संजय दर्जीलाई नियन्त्रित औषधि स्पासपेन ९९ चक्की र ट्रामाड्रोल १०४ चक्की सहित प्रहरी चौकी रमाईलो मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post