धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका १६ नौलोबस्ती स्थितमा २७ वर्षीय प्रभु साह र २४ वर्षीय नारायण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधि ट्रमाडोल १२ हजार २०० क्याप्सुल र स्पास्पेन ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post