इटहरी : मोरङ र सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर १५ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको को ३९ प ८७१५ नम्बरको मोटरसाइकलमा सवार रहेका उदयपुरको चौदण्डिगढी २ का २९ वर्षीय उमेश खत्री र इटहरी उप महानगरपालिका ५ का २८ वर्षीय वसन्त तोलाङ्गीको साथबाट २ ग्राम ९३ मिलिग्राम ब्राउनसुगर र नगद १८ हजार रुपैयाँ बरामद गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले धरान १५ का २७ वर्षीय जेल्स राईको कोठाबाट ३ ग्राम ब्राउनसुगर साथै ट्रामाडोल, स्पास्पेइन ८० ट्यावलेट र नगद ६० हजार ३ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post