विराटनगर : इलाम र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका ३ का २५ वर्षीय उपेन्द्र बान्तावालाई ७८ मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री रुपाकोट मझुवागडी नगरपालिका ५ खोटाङका २३ वर्षीय पुजन राईलाई ३२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post