विराटनगर : अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी कारागारबाट छुटेका छन् ।
मोरङ कारागारका चौकीदारमा रूपमा रहेका गिरी आइतबार कैदमुक्त भएका छन् । उनलाई मोरङ कारागारका कैदिबन्दीहरूले विदाई कार्यक्रमको आयोजना गरेर मोरङ कारागारबाट विदाई गरेका थिए ।
कैदमुक्त भएपछि गिरीले घरमा आफ्ना समर्थकलाई बोलाएर केक काटेर पार्टी दिएका थिए ।
२०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका गिरीको गत पुस २९ गते भीमफेदी कारागार सरुवा भएको थियो । तर, उनले जान नमानेपछि प्रशासन पछि हटेको थियो ।
कारागारको ९ वर्षीय बसाइबाट आँफूले जीवन बुझेको र आगामी दिनमा आँफू समाजसेवामा लाग्ने गिरीले बताएका हुन् । उनले कैदिबन्दीहरूलाई सरकारले दिदैँ आएको भत्ता बढाउनुपर्ने माग राखेका छन् ।














Discussion about this post