विराटनगर : मोरङको विभिन्न स्थानहरूबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका विभिन्न प्रकारका अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
जिल्लाको सीमावर्ती क्षेत्रहरूमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली गरेर चोरी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका कपडाहरू तथा खाद्यान्नका सामग्रीहरू बरामद गरेको हो ।
बरामद गरिएका करीब दुई लाख ५६ हजार रुपैयाँ बराबरको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post