झापा : झापाको बिर्तामोड नगरपालिका ३ बाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाँउपालिका ४ इलामका २७ वर्षीय सुरेश लिम्बूलाई १६ ग्राम ८०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका लिम्बूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।












Discussion about this post