झापा : झापाको मेचीनगर नगरपालिका ६ मेची पुलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका १ का २४ वर्षीय प्रजन्त राई र नेपालगञ्ज उपमहानगरपालिका ६ घर भइ बिर्तामोड १ मा बस्दै आएका २१ वर्षीय सोहन भडेललाई ४ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post