झापा : झापाको मेचीनगर नगरपालिका ५ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार (आज) बिहान इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा पैदल आउँदै गरेका लेटाङ नगरपालिका ३ मोरङका ४६ वर्षीय विशाल शर्मालाई चेकजाँचको क्रममा उनको साथबाट १० ग्राम ब्राउनसुगर र नगद २८ हजार ६ सय १५ नेपाली रुपैयाँ समेत बरामद गरिएको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका शर्माको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post