झापा : मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित विर्तामोड नगरपालिका ५ बस्ने २६ वर्षीय अर्जुन सुब्बालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post