इटहरी (डेस्क) : झापाको दमक नगरपालिका १ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना र धनकुटाको साँगुरीगढी गाउँपालिका १ स्थितबाट लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी पोष्ट फाल्गुनन्द दमकबाट खटिएको प्रहरी टोलीले दमक ३ का २१ वर्षीय सागर बिक र दमक ७ का २४ वर्षीय राहुल श्रेष्ठलाई ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यस्तै, धनकुटाको प्रहरी चौकी मुलघाटबाट गस्तीमा खटिएको प्रहरी टोलीले साँगुरीगढी १ लाबरबोटे स्थितमा शंकास्पद अवस्थामा रहेका साँगुरीगढी ३ का २३ वर्षीय सरोज याख्खा, २३ वर्षीय इशाक याख्खा र धनकुटा नगरपालिका ८ का २३ वर्षीय सुमन राईले बोकेको झोला चेकजाँच गर्दा ६ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post