इटहरी : भन्सार छलेर ल्याइएको १० हजार किलो हरियो खुर्सानी राजश्व अनुसन्धान कार्यलयले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
प्रज्ञापन पत्रमा ४ सय किलो उल्लेख गरेर १० हजार किलो हरियो खुर्सानी लोड भएको भारतीय नम्बरको ट्रक राजस्व अनुसन्धान कार्यलय इटहरीले नियन्त्रणमा लिएको हो ।
गत मंगलबार नियन्त्रणमा लिएको ठूलो परिमाणको खुर्सानी लिलामी नभई कुहिने अवस्था आएपछि कानूनी प्रक्रिया अनुसार बिहीबार सांझ नष्ट गरिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।
न्यू लालीगुरांश ट्रेड एण्ड सप्लार्यस काकडभिट्टाले आयात गरेको उक्त खुर्सानी त्यहा अनलोड नगरी विराटनगरको गौरीशंकर सप्लायर्सलाई बेचेको बिल देखिएको र उक्त बिलमा पनि परिमाण फरक पारेर ४ सय किलो मात्र उल्लेख गरिएको पाइएको राजश्वले जनाएको छ ।














Discussion about this post