इटहरी : सुनसरीस्थित बर्जु गाउँपालिकाका इञ्जिनियर अजय मेहतालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ ।
मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित विराटनगरबाट पक्राउ गरेको हो ।
घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार मेहतालाई विराटनगरको जामुनगाछि पुलचोकबाट पक्राउ गरेको हो ।
सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौं तहका कर्मचारी हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ ।
Discussion about this post