झापा : झापा र इलामको छुट्टा–छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको चुलाचुली गाउँपालिका(३ पेल्टिमारी चौक स्थितमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँज गर्दा उनीहरूको साथबाट ५४ मिलिग्राम ब्राउनसुगर र नगद १५ हजार ५ सय ४० रुपैयाँ फेला पारी पक्राउ गरिएको हो ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका १३ धाईजन चौक स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीया २० वर्षीया अनुजा राजवंशीको साथबाट ९ ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीनैजनाको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post