झापा : झापाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा झापाको मेचीनगर नगरपालिका १३ चारआली स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ वर्षीय आकाश गुरुङको साथबाट १ ग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी मेचीनगर १० मियाँबस्ती स्थितमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले ३१ वर्षीय मेसरु मियाँलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर बरामद गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post