विराटनगर : सशस्त्र प्रहरीले विराटनगरबाट लागूऔषध खैरोहेरोइन (ब्राउनसुगर) सहित बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १६ दरैयाबाट मोरङको ग्रामथान गाउँपालिका १ लखन्तरीका २४ वर्षीय उदितनारायण माझी पक्राउ परेका हुन् ।
भारतबाट नेपालतिर आउँदै गरेको प्रदेश १–०४–००१ प ३६२८ नम्बरको मोटरसाइकललाई शंका लागेपछि सशस्त्रले नियन्त्रणमा लिएर दिउँसो ३ः१० बजेतिर खानतलासी गर्दा चालकको साथमा खैरो हेरोइन भेटिएको थियो ।
कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले मोटरसाइकल चालक माझीका साथबाट ६.७४ ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिए ।
उनका अनुसार माझीले भारतमा खरिद गरेर खैरो हेरोइन ल्याएको पाइएको छ । माझीसहित उनले चलाएको मोटरसाइकलाई नियन्त्रणमा लिएर सशस्त्रले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।












Discussion about this post