झापा : झापामा तीनजना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ बाट ३ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
भारतबाट नेपालतर्फ ७० ग्राम ब्राउनसुगर लिएर आँउदै गरेको अवस्थामा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षका विक्रम दनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post