दुहबी : सुनसरीको दुहबी नगरपालिका १० इनरुवा–दुहबी खडकखण्डको बुद्ध चौकमा सडक मिचेर बनाएको घर टहरामा डोजर चलेको छ ।
सडकमा सवारीको चाप बढ्दै गएको भएपनि दुहबी १० सिमरियामा सडक मिचेर घर टहरा बनाउने क्रम नरोकिएकाले अनाधिकृत संरचनामा डोजर लगाइएको हो ।
अतिक्रमण गरेर बनाएको आफ्नो संरचना हटाउन पहिलो पटक ३५ दिने, दोस्रो पटक ७ दिने र तोस्रो पटक ३ दिने सूचना गरी तीन पटकसम्म आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाउनुपरेको दुहबी नगरपालिकाले जनाएको छ ।














Discussion about this post