इटहरी : विराटनगर महानगरपालिका १५ ढाट स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार (आज) दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इटहरी उपमहानगरपालिका ३ का २२ वर्षीय नमेश राईलाई पक्राउ गरिएको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउनसुगर बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post