झापा : झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् ।
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदीबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्र बस्त्र (पेन्टी) भित्र गुप्ताङ्गमा लगाएको प्याडमा लागूऔषध रालेर बोकेको थाहा पाएपछि प्रहरीले विमानस्थलबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट उनीहरू काठमाडौं जाने तयारीमा रहेका थिए ।
विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथमा लागूऔषध रहेको पत्ता भएको हो ।
प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर लुकाएको अवस्थामा फेला परेको रिजालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post