बेलका नगरपालिका वडा नं ३ का वडा सदस्य कृष्णप्रसाद चौधरीको अल्पायुमै गत साता निधन भएपछि बेलका नगरपालिकाले तीन लाख रुपैँया बराबरको स्वर्गीय कृष्णप्रसाद चौधरी कला साहित्य केन्द्र स्थापना गर्ने भएको छ।
स्वर्गीय चौधरीको निवास बेलका-३, सतपतियामा राखिएको श्रदान्जली संभामा शोक मन्तब्य राख्दै बेलका नगरका मेयर दुर्गा कुमार थापा स्वस्तीले उनको स्मृतिमा कला साहित्य केन्द्र स्थापना गर्ने बताएका हुन् ।
स्व. चौधरीले कलाकारिताको माध्यमबाट आफ्नो सिंगो समाज तथा थारु समुदायको उत्थान तथा जनचेतनाका लागि राजनीति, साहित्य तथा कलाको माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै स्व. चौधरी जस्ता दर्जनौँ समाजसेवी कार्यकर्ता जन्माउन सहयोग सिद्ध हुने विश्वास लिएको मेयर थापाले बताए ।
शोकसभामा नेकपा उदयपुर बेलका भुगोलका जिल्ला सदस्यहरु, सबै वडाका वडाध्यक्ष, सदस्यहरु, कार्यपालिका सदस्यहरु, संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
।
Discussion about this post