झापा : झापाको मेचीनगर नगरपालिका र दमक नगरपालिका दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थितमा चेकजाँचको क्रममा मे १० प ६९०७ नम्बरको मोटरसाइकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका ५ का २६ वर्षीय दीपक लोक्सम र भारत दिनापुरका २५ वर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यसैगरी दमक नगरपालिका ३ का ३२ वर्षीय ललित तामाङलाई २ ग्राम ब्राउनसगरसहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यस्तै, दमक ९ का २२ वर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post