झापा : झापाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका ८ भद्रपुर विमानस्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौँ जान लागेकी कमल गाउँपालिका ७ झापा घर भइ काठमाण्डौँ बस्दै आएकी २६ वर्षीया एन्जल राईले भित्री बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ मेचीपुलबाट बुद्धशान्ती गाउँपालिका १ का २२ वर्षीय समीर दर्जी, मेचीनगर १ का २१ वर्षीय दिपेश कुमार राजवंशीलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरू सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post