मोरङ : मोरङमा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एक जना थुनुवाले जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै आत्महत्याको प्रयास गरेका छन् ।
उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हत्कडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।
गम्भीर घाइते भएका नेपाली कोसी अस्पताल लगिएको छ ।
कोसीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post