Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सम्झनामा सीमित बन्यो ताप्लेजुङको लालीखर्क

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८०
in समाचार
0
सम्झनामा सीमित बन्यो ताप्लेजुङको लालीखर्क
109
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क ।

ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेनिङ क्याम्प पनि हो । पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा लालीखर्कमा पर्यटन आवास सञ्चालन गर्नुभयो । लालीखर्कमा पहिलो घर बनाउने नै विष्ट हो ।

कञ्चनजङ्घा हिमाल जाने पदमार्ग भएकाले विगतमा लाली खर्क पर्यटकहरुको भरिभराउ हुन्थ्यो । लालीखर्कमा पर्यटन व्यवसायबाट आम्दानी पनि राम्रो हुन्थ्यो । पर्यटन व्यवसायबाट जोहो गरेको आम्दानीले विष्टले छोराछोरी राम्रो पढाउनुभयो ।

विगतका वर्षहरूमा काठमाडौँदेखि सुकेटारसम्म हवाई मार्ग एकमात्र विकल्प रहेकामा अहिले कतिपय पर्यटक गाडीबाट सदरमुकाम फुङ्लिङ पुग्थे । सुकेटारदेखि लालीखर्क एक क्याम्प हो ।

स्थलमार्ग हुँदै आएका पर्यटक र हवाई मार्ग हुँदै आउने पर्यटक ताप्लेजुङदेखि पहिलो क्याम्प हो लाली खर्क । २०४० सालमा विष्टले घर बनाई बस्न थालेपछि बिस्तारै पर्यटकको चहलपहल बढ्न थाल्यो । पछिल्लो समय लालीखर्कमा घडेरी खरिद गरेर पर्यटन आवासका लागि ठूला होटलहरु सञ्चालनमा आएका थिए ।

लालीखर्कमा पर्यटकहरुको बाक्लो चहलपहल हुन थालेसँगै शुक्रराज लिम्बूले पनि पर्यटन व्यवसायले मन तान्यो । लालीखर्कमा पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गर्नुभयो । टेन्ट टाँगेर बस्न चाहनेका लागि पनि उहाँले व्यवस्था मिलाउनुभयो । चौरमा टेन्ट टाँगेर बस्ने पर्यटकहरुको भरिभराउ हुने गर्थ्यो ।

स्थानीय उत्पादनले पनि राम्रो बजार पाउने गरेको थियो । तर अहिले क्याम्पका लागि बनाएको चौर त्यतिकै मिल्किएको छ । लाखौँ रुपैयाँ लगानी गरी निर्माण गरिएका पूर्वाधारहरू प्रयोगविहीन बनेका छन् ।

सडक विस्तारले पदमार्ग मासिँदै गयो । सडक लालीखर्क हुँदै कञ्चनजङ्घा क्षेत्रमा पर्ने सिरिजङ्घा गाउँपालिका ७ याम्फुदीनसम्म पुगेको छ । सडक विस्तरसँगै पर्यटकहरू सदरमुकाम फुङ्लिङबाट गाडी चढेर लालीखर्क हुँदै हुइँकिन्छन् कञ्चनजङ्घाका हिमालतिर । गाडीमा हुइँकिएका पर्यटकहरु हेर्दै अनि बस्नु परेको छ लालीखर्कका पर्यटन व्यवसायीहरू ।

हिजो पर्यटन व्यवसायबाट राम्रै आम्दानी गरेका लालीखर्कका पर्यटन व्यवसायीहरूलाई अहिले जीविकोपार्जन गर्न नै धौधौ हुन थालेपछि बिस्तारै अन्यत्र बसाइँ सर्न थालेका छन् ।

सानाठूला दर्जनभन्दा बढी होटल सञ्चालनमा आएको यस ठाउँमा अहिले होटल वा किराना पसलसमेत भेटिँदैन । स्थानीय किराना व्यापारी शुक्रराज लिम्बूले भन्नुभयो, “पसल राखेर के गर्नु रु किन्ने मान्छे नै हुँदैन । स्वदेशी वा विदेशी पर्यटकहरू यही बाटो भएर गाडीमा जाने गर्दछन् ।”

पर्यटनका लागि निर्माण गरिएको आवासहरू जीर्ण बन्दै गएका छन् । अहिले तीन घरपरिवारको मात्र बसोबास रहेकामा छिट्टै दुई घर बसाइँ सार्ने योजनामा रहेको धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाइँ सर्नका लागि गाई, भैँसी बेची सके । घर पनि बेच्न खोज्दा किन्ने कोही छैन ।” लालीखर्कमा पदमार्ग सञ्चालन हुँदा धेरैले जग्गा किनेर घर बनाएका थिए ।

केही वर्षअगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङका विभिन्न पदमार्गहरूमा अहिले सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११, लालीखर्कका राजकुमार विष्ट भन्नुहुन्छ, “होटल व्यवसाय मेरा बाबु, बाजेले गर्दै आएको पेसा हो । यसैबाट हाम्रो परिवारको जीविकोपार्जन हुन्थ्यो तर अहिले अर्को विकल्पमा लाग्नुपर्ने अवस्था आयो ।’’ उहाँको परिवारले यस क्षेत्रमा पर्यटकको सेवामा लगभग ४० वर्षसम्म गुजारिसकेको छ ।

अहिले उहाँका बुबाआमा उमेरले पाका भइसक्नुभएको छ । अबको होटलको जिम्मेवारी राजकुमारको काँधमा आएको छ । उहाँले पनि पाँच/सात वर्ष अगाडिसम्म राम्रै आम्दानी गरिरहेको थियो । होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा हुनुहुन्छ उहाँ । विष्टलाई अहिले कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ ।

समुन्द्री सतहबाट दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित यो स्थान सुकेटार विमानस्थलबाट मात्रै करिब तीन घण्टाको पैदल दूरीमा रहेको छ ।

नेपाल सरकारले तोकेको कञ्चनजङ्घा साउथ बेसक्याम्पको बाटोअन्तर्गतको पहिलो क्याम्पका रूपमा रहेको यो स्थानमा केही वर्ष अघिसम्म विदेशी पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । पर्यटक बास बस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्नुपर्ने अवस्था हुन्थ्यो । स्थानीय रूपमा उत्पादन भएका खाद्यवस्तु र अन्य सामानहरूले राम्रो मूल्य पाएका थिए ।

नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत भएपछि त्यस क्षेत्रको चेतनास्तरमा समेत विकास भएको थियो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको तथ्याङ्कमा यस क्षेत्रमा पाँच वर्षअघि औसतमा वार्षिक सात सय पर्यटक आउने गर्दथे भने अधिकांशले कञ्चनजङ्घाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कन्थे । यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोलातर्फबाट फर्कन्थे भने तमोरखोलातर्फबाट जाने पर्यटक यहीँ फिर्ता हुन्थे ।

प्रायः सुरुदेखि यस स्थानमा व्यवसाय गर्ने मानिसले अहिले लालीखर्क छाडिसकेका छन् । धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारीतर्फ पलायन भएका छन् । पुर्ख्यौली घरलाई अझै कुरेर बसेका राजकुमार एक व्यक्ति हुनुहुन्छ ।

धेरै चिसो, कृषि उत्पादनको सम्भावना न्यून, आयआर्जनको बाटो कम र विभिन्न सेवा सुविधा पनि कम हुन थालेपछि यो स्थान अहिले रित्तो र सुनसानजस्तो बनेको छ ।

जिल्लाको एकमात्र सुकेटार विमानस्थल र मोटर बाटोबाट सदरमुकाम फुङ्लिङ भएर उत्तरी र दक्षिणीतर्फको कञ्चनजङ्घा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक दुई फरक बाटो भएर जाने गर्दछन् ।

यहाँका कुनाकन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्गमा हिँड्ने विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै घट्न पुगेको स्थानीय होटल तथा घरबास व्यवसायीहरू बताउँछन् ।

सदरमुकामबाट दक्षिणतर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भन्ज्याङ, फुम्पेडाँडा, याम्फुदिन हुँदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्पसम्म रहेकामा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ भने उत्तर बेसक्याम्पतर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ ।

लालीखर्क मात्रै होइन, अहिले सिरिजङ्घा–३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडेभञ्ज्याङ पनि सुनसान बनेको छ । त्यहाँ सञ्चालन भएको पाँच होटल स्थानीयस्तरका पदयात्रीलाई सामान्य सेवा दिएर दिन काटिरहेका छन् ।

विगत ४० वर्षभन्दा अगाडिदेखि होटल र साना पसल व्यवसाय गरेर बसिरहेका स्थानीय सुवास बस्नेत भन्नुहुन्छ, “विगतमा यहाँ पर्यटकको आवागमन राम्रो थियो । हामीले पनि त्यो समयमा सकेसम्म राम्रो सेवा दिएका थियौँ तर अहिले विदेशी पर्यटक देख्न नै मुस्किल छ ।”

सिरिजङ्घा–६ को फुम्पेडाँडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल मावो पनि अब यो व्यवसायबाट केही गर्छु भन्ने आस नरहेको गुनासो गर्नुहुन्छ । मावो भन्नुहुन्छ, “अहिले पर्यटक अर्को सडकको बाटो भएर सिधै याम्फुनी पुग्छन् ।

सडक अझ राम्रो भएपछि त झन् पदयात्रा गर्ने पर्यटक नहुने भएकाले अहिले नै वैकल्पिक व्यवसाय सुरु गर्नुपर्ने अवस्था छ ।” स्थानीयवासीको पनि कम आवतजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नुहेको भट्टराईको भनाइ छ ।

सुकेटारबाट याम्फुदिनसम्मको चार दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुँदै सिनाम, आम्वेगुदिन हुँदै एक दिन हिँडेर दुई दिनमै पूरा गर्दछन् ।

सदरमुकामबाट तीन दिनको पैदल दूरी कायम गरिएको फुङ्लिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दूरी पर्यटकले गाडीमार्फत एकै दिनमा पूरा गर्छन् ।

यता फुङ्लिङ नगरपालिका–१० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरू क्रमशः अन्य प्रयोजनमा प्रयोग भइरहेको छ भने छिरुवामा रहेका होटलले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीलाई सेवा दिइरहेका छन् ।

करिब २३/२४ दिनको कञ्चनजङ्घा परिपथ पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकबाट आउने गरेकामा अहिले सडक यातायातले थप सहजता भएको पर्यटक पथप्रदर्शक मिङ्मा तामाङ बताउनुहुन्छ ।

Tags: #ताप्लेजुङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    632 shares
    Share 253 Tweet 158
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.