झापा : झापाको कन्काई नगरपालिका ३ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका ४ घर भइ कनकाई नगरपालिका ३ स्थितमा कोठाभाडामा बस्दै आएका २६ वर्षीय करन चौधरी र २६ वर्षीय मुस्ताक अन्सारीलाई १ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post