विराटनगर : कोसी प्रदेश सरकारले प्रदेश भित्रका कर्मचारीको तह वृद्धि गर्ने भएको छ।
एक सूचना जारी गर्दै प्रदेश सरकारले प्रदेश निजामती सेवा मार्फत कार्यरत कर्मचारीहरूको लागि तह वृद्धि गर्न लागेको हो ।
प्रदेश सेवा मातहतका कर्मचारीको लामो समयदेखि वृत्ति विकास रोकिएको आरोप लागिरहेको बेला सरकारले तह वृद्धिको प्रक्रिया अघि बढाएको हो ।
प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ३० को उपदफा ९१० बमोजिम ५ वर्ष सेवा अवधि पुरा भएका र न्यूनतम शैक्षिक योग्यता हासिल गरेका मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय वा अन्तरगतका निकायमा कार्यरत प्रदेश निजामती सेवा अन्तरगतका कर्मचारीहरूलाई तह वृद्धि को लागि कागजातसहित निवेदन दिन भनिएको छ ।
उल्लेखित विषयमा निवेदन दिने म्याद जेष्ठ ३२ गतेदेखि ३० दिन भनिएको छ।














Discussion about this post