Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढीपहिरोमा परी कोसी प्रदेशमा मृत्यु हुनेको संख्या ९ पुग्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०८०
in समाचार
0
ताप्लेजुङमा बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
115
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : बाढीपहिरोमा परी कोसी प्रदेशमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बेपत्ता भएका विभिन्न स्थानका गरी २७ जना अझै फेला पर्न सकेका छैनन् ।

ताप्लेजुङ र पाँचथरमा ३–३, संखुवासभामा २ र भोजपुरमा १ जनाको मृत्यु भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१० निगुरेमा सोमबार साँझ १ जना पुरुषको शव फेला परेको थियो । सुपर हेंवा हाइड्रोपावरबाट बेपत्ता भएका पुरुषको शव भेटिएको हो । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । संखुवासभामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–४ की ८ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ घर भइ माउण्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २८ वर्षीय हेमराज भनिने संजोग लिम्बू र २५ वर्षीया एलिसा माझी छन् ।

यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङ, मुखुभन्ज्याङका ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राईको पनि मृत्यु भएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई र संखुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोमा परेर संखुवासभामा २१, पाँचथर र ताप्लेजुङमा ३–३ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी राखिएको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

नेपाली सेनाको टोलीले पहिरोमा फसेकामध्ये पाँचथरबाट १२ र ताप्लेजुङबाट १ जनाको उद्धार गरेको छ । बाढी पहिरोमा परी संखुवासभामा ३, ताप्लेजुङमा २ र पाँचथरमा १ जना घाइते भएका छन् ।

हालसम्म १ सय ६३ परिवार विस्थापित बनेका छन् । ताप्लेजुङमा ८०, पाँचथरमा ६८ र संखुवासभामा १५ परिवार विस्थापित भएको तथ्यांक मन्त्रालयसँग छ । संखुवासभामा २४, पाँचथरमा १०, ताप्लेजुङमा ६ र इलाममा ३ वटा घर भत्किएर क्षति भएको छ ।

४ जिल्लाका १६ वटा सडक अवरुद्ध बनेका छन् । पाँचथरमा ६, ताप्लेजुङमा ४, इलाम र संखुवासभामा ३–३ वटा सडक अवरुद्ध बनेका हुन् । पाँचथरमा १५, संखुवासभामा ६ र ताप्लेजुङमा २ वटा पुल क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । संखुवासभामा ८, पाँचथरमा ३ र ताप्लेजुङमा २ वटा हाइड्रो पावरमा क्षति पुगेको छ ।

Tags: कोसी प्रदेशबाढीपहिरोमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

उदयपुर : उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा...

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1332 shares
    Share 533 Tweet 333
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.