इटहरी : बबिना भट्टराईको स्वर तथा संगीतमा रहेको ‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक भएको छ ।
रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ ।
सञ्जय श्रीपालको एरेन्ज, मिक्सिङ, मास्टरिङ रहेको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो ।
गीतलाई गायिका बबिनाको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरूलाई सहज रूपमा लिई एकपटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ ।
प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।
बुद्ध थापाकोे छायाँकन, सरोज रञ्जितकारको सम्पादन तथा केशव भट्टले भिडियोमा निर्देशन गरेका छन्।
Discussion about this post