विराटनगर : मोरङ र उदयपुरको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रंगेली नगरपालिका ७ स्थितमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा कोसी प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रंगेली ६ का २४ वर्षीय सेफ खान र २८ वर्षीय दिपेश अग्रवाल रहेका छन् । उनीहरूको साथबाट ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थानसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ४२ वर्षीय किशोर चौधरीलाई १० ग्राम ब्राउनसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post