झापा : झापाको दमक नगरपालिका १ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउनसुगर फेला पारेको हो ।
पक्राउ पर्नेमा स्थानीय २० वर्षीय शैलेस कुमार मगर, २३ वर्षीय एनोस राई, दमक २ का २८ वर्षीय मदनबहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक ६ का २० वर्षीय अन्जान मगर रहेका छन् उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post