इटहरी : सुनसरीको धरान उप महानगरपालिका ३ कैलाशपथ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भारत घर भई हाल धरान बस्दै आएका २७ वर्षीय हिमाल चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रुपैँया फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post