इटहरी (डेस्क) : झापा, मोरङ, उदयपुर र धनकुटाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ का २७ वर्षीय तिलकराम खवास, २२ वर्षीय रेशम गौतम र १९ वर्षीय दीपक साहसमेतलाई ४ ग्राम ब्राउनसुगर, नगद ९ हजार, डिजिटल मेसिन १ थान र दमक–४ बाट २९ वर्षीय कुशल राईलाई ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी, धनकुटाको धनकुटा नगरपालिका–१ स्थित हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ वर्षीय रुबिन राई र छथरजोरपाटी गाउँपालिका–२ का २० वर्षीय मिङ्मा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी, मोरङको लेटाङ नगरपालिका–२ बाट २३ वर्षीय थिरबहादुर राउत, २२ वर्षीय एनोष तामाङलाई ४९ मिलिग्राम ब्राउनसुगर र मिग्लाजुङ गाउँपालिका– ३ का २५ वर्षीय दिलिप थापालाई लागुऔषध स्पास्पेन ३ सय १० चक्की र ट्रामाडोल २ सय चक्कीसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ बाट त्रियुगा नगरपालिका–११ का २१ वर्षीय शिव अधिकारी र २० वर्षीय सीताराम चौधरीलाई डाईजोपाम, फेनारन, प्रिनोर्फिन ६६ एम्पुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post