इटहरी : इटहरी निवासी रञ्जिता प्रसाईँको स्वरमा रहेको ‘धोका भयो’ गीत सार्वजनिक भएको छ ।
सुवास कार्कीको शब्दमा गीत तयार गरिएको हो ।
विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।
गीतलाई गायिका प्रसाईँको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम र बिछोडलाई भावनात्मक रूपमा चित्रण गरेर गीतमा भिडियो प्रस्तुत गरिएको छ।
स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादन तथा सुवास साहको निर्देशन रहेको छ । गीतमा उनै प्रसाईँ, समीप निरौला लगायतले अभिनय गरेका छन् ।
भिडियो
Discussion about this post