मोरङ : मोरङको लेटाङ नगरपालिका ६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरु काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
उनीहरूलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post