दमक : झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला र एक महिलाबीच नगरपालिकाकै क्वाटरमा आपत्तिजनक भिडियो सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालावन्दी गरिएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
मदिराको नशाले लट्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि निरौला अहिले विदामा छन् ।
आफूले प्रयोग गर्दै गरेको सिम कार्ड नगरपालिकालाई प्रदान गर्दै उनी विदामा बसेका हुन् । उनले नगर प्रमुख राम थापासँग मौखिक विदा मागेको बताइएको छ ।
उनको हर्कत बाहिरिएसँगै राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरेका छन् ।
सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेको भन्दै तत्काल कारबाही गरिनुपर्ने संघले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत निरौलासँग क्वाटरमा रोमान्स गर्दै गरेको भिडियो ती महिलाले नै टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् ।














Discussion about this post