विराटनगर : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका ४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री इलाम मङसेबुङ गाउँपालिका ९ का ३० वर्षीय युवराज लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा साइकलको ह्यान्डलभित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यस्तै, गरी विराटनगर महानरपालिका १६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १–०२–०५२ प ७५९६ नम्बरको मोटरसाइकल चालक बेलबारी ४ का ३३ वर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post