विराटनगर : विराटनगर महानगरपालिका १५ ढाट स्थितबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धरान उपमहानगरपालिका ८ का २९ वर्षीय बुद्ध श्रेष्ठ र २३ वर्षीय राकेश प्रधानलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट लुपिजेसीक, फेनारागन, एभिल र डाइजेपाम गरी जम्मा ८४ एम्पुल प्रतिबन्धित औषधि बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post