विराटनगर : विराटनगर महानगरपालिका १६ दरैयाबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान १५ बस्ने ३३ वर्षीय खेमचन्द्र राई, धरान ८ बस्ने ३१ वर्षीय रवीचन्द्र राई, उदयपुर गढी गाउँपालिका ८ बस्ने २५ वर्षीय इन्द्रबहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका ५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका ४ बस्ने २४ वर्षीय सञ्जीव राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेमचन्द्र र रवीचन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को १ ह ६३९५ नम्बरको टेम्पोमा सवार इन्द्रबहादुर र सुजितलाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १–०१–०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार सञ्जीवलाई २ सय ८० मिलिग्राम लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post