विराटनगर : झापाको झापा गाउँपालिका ४ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका ३ का २२ वर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी विराटनगर १६ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी १४ का २९ वर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेट सहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post