झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय बसन्त राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post