झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले दमक नगरपालिका ९ का ३० वर्षीय रमेश सिवालाई २ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित पक्राउ गरेको हो ।
यसैगरी बिर्तामोड नगरपालिका ३ बाट ४ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद ७६ हजार रुपैयाँ, तीन सय १५ सहित स्थानीय ३४ वर्षीय रोशन राजवंशी र २१ वर्षीय रोहित राजवंशीलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post